Skip to content

भरी आयौ तिमी

  • by


रित्तो थियो सिसी रक्सी, भरी आयौ तिमी
नजिकिन यो बहाना, गरी आयौ तिमी

नपिउँदा अलिकति, सर्माए झै थियौ
पिएपछि आफै वर, सरी आयौ तिमी

खोलापारि थियौ तिमी, म त वारि थिएँ
मेरो लागि यत्रो खोला, तरी आयौ तिमी

पुराना ती क्षणहरु, बिर्सिए थें आजै
सम्झनामा फेरि घरी-घरी आयौ तिमी

भवँराले प्यासी बनी, फूल खोज्दै गर्दा
उस्कै अघि लम्पसार, परी आयौ तिमी

सूर्य चेम्जोङ
दुबई

Leave a Reply

Your email address will not be published. Required fields are marked *