Skip to content

मिलन, बिछोड रीत हो जन्मेपछि मर्नै पर्छ

  • by


मिलन, बिछोड रीत हो जन्मेपछि मर्नै पर्छ
असल काम मानिसले आँटेपछि गर्नै पर्छ

घर मात्र हो नाशवान चोला प्रभु बस्न बनाएको
परमेश्वरको निगाह हो भत्केपछि सर्नै पर्छ

राख्नु पर्छ यो आत्मालाई जसरी नि पवित्रता
पश्चताप गरी सबले प्रभुपछि पर्नै पर्छ

घमण्डको राज काँहा टिकेको छ संसारमा
संसार रुपी समुद्र यो अघिपछि तर्नै पर्छ

तीर्थ “यात्री” पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *