विश्वास गरें असीमित बदलामा घात दियौ
बिहानीलाई चुम्न खोज्दा सूर्य छेकी रात दियौ
सुकिसकेको घाउहरू कोट्याएर नून छर्क्यौ
बिर्सिसकेको दुखाईको खातमाथि खात दियौ
तिमी पाउने आशै मर्यो मेरै भाग्य खोटो रैछ
मलाई मात्रै भन दैव किन साँढे सात दियौ?
हरेक् लडाँई जित्ने गर्थेँ साथ तिम्रो हिजो हुदाँ
लड्खडाएर ढलें आज साथी कस्तो मात दियौ?
सपना साँच्दै हर् पल् हर् क्षण् दिलभित्र सजाउँथे
सहनलाई गार्ह्रो हुने मुटु दुख्ने लात दियौ
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं