Skip to content


पर्यटकहरूले सगरमाथा चढेझैं
उनीहरूले चढिरहे हाम्रा करङहरूको भर्याङ ।
निरन्तर चढिरहे उनिहरू
हाम्रा करङहरूको भर्याङ
हजारौं वर्षदेखि
वा त्योभन्दा पहिले
लाखौं वर्षदेखि हामी उनिहरूका लागि
मात्र भर्याङ हुन वाँचेको जस्तो
हाम्रो आफ्नो जीवन नभएजस्तो
हामी मान्छेहरू,
सधैंभरि मतदान केन्द्रको तातो घाममा
लाइन लागिरहने
मात्र भर्याङ जस्तो
उनीहरूको आँखामा
हामी सधैँ भर्याङ जस्तो ।
पहिले पहिले
निख्खर कालो रात थियो
हामी भर्याङ भयौँ हौ भन्न पनि नपाइने
अहिले केही हटेको छ कालो रात,
तर भन्छन् उनीहरू,
अहिले उज्यालो छ
हामी भर्याङ भन्नसम्म पाइने ।
उनीहरूको उज्यालोमा,
हामी भर्याङ हौ भन्न पाइने
तर भर्याङबाट मुक्ति नपाइने ।
हामीलाई भर्याङबाट मुक्त भएको
हेर्न चाहँदैनन् उनीहरू
बरु चाहन्छन डेकेन्द्र राजबंसीले ८ गरेझैं
हामी सबैको आत्महत्या
उनीहरू भित्रैबाट चाहन्छन्
अबोध बच्चाहरू सँगसँगै
भोकले छट्पटिएर
कणर्ालीका अविभावकहरूले गरेको जस्तो
हाम्रो पनि सामुहिक आत्महत्या
तर उनिहरू चाहँदैनन्
भर्याङ्बाट हाम्रो मुक्ति ।
मान्छेलाई भर्याङ बनाउने मान्छेहरू,
भर्याङ्नै भर्याङले उठाएको मुठ्ठी
भर्याङ्नै भर्याङले लगाएको जुलुश
भर्याङ्नै भर्याङले उरालेको भाषण
भर्याङ्नै भर्याङले चलाएको क्रान्ति
कति शक्तिशाली हुन्छ
मान्छेलाई भर्याङ बनाउने मान्छेहरू
अब हेर तिमीहरूले
आँखा खोलेर हेर
इतिहासका पन्नाहरूमा आँखा रगडेर हेर, काठका भर्याङलाईझैं
तिम्रा पाषाण खुट्टाहरूले
लामो समयसम्म

मधुपर्क २०६८ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *