Skip to content
LuckyTara


रातको सहारा भै सपनीमा आउँछु प्रिय
आँगालोमा बाँधिदै चोखो प्रित लाउँछु प्रिय

के भयो खै हिजो आज तिम्रैसाथ रहुँ लाग्छ
सम्झना र झ झल्कोमा सधै तिमी पाउँछु प्रिय

जन्मभयो यो धर्तीमा कर्म रोजें तिमीसंग
जहाँ जान्छौ छायाँ बनी वरीपरी छाउँछु प्रिय

धड्किएको यो मुटुले तिम्रै नाम लिन्छ सधै
शब्द भई आई देउ गजलमा गाउँछु प्रिय ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *