Skip to content

कथा-“गाउँ देखि कोठी सम्म,कोठी देखि…..सम्म”

कथा-“गाउँ देखि कोठी सम्म,कोठी देखि…..सम्म”
बाशु ! जिन्दगीमा धेरै उतर चडाबहरु आए गए तर तिम्रो आगमन कहिल्यै भएन,म तिम्रो आगमनको प्रतिक्षामा धेरै आशा र बिश्वासको फूलहरु फुलाउदै बसी रहें| थाहा पाएँ,समयले निक्कै कोल्टे फेरी सकेछ | मलाई कुनै खुशीको पल याद छैन जुन दिन तिमीले मलाई छोडेर दुर देशमा गयो|हो मैले निक्कै छटपटीमा कह्यौं काला रातहरु बिताएँ,कह्यौ दिन आशुको भेल संगै तिमि आउने बाटोमा आँखा …बिछ्यौदै बिताएँ तर आहं!! तिमि आएनौ| हामी हिंड्ने त्यो गोरेटो बाटोका चिप्लेटी ढुंगामा तिमीले लेखेका हामी दुइको नाम देखेर गोरेटो बाटो हिंड्नेले कुरा नकाट्ने दिनै थिएन र छैन पनि |त्यसरी अरुले हाम्रो कुरा काटेको सुन्नु भएर देख्नु भएर मेरो बाबा आमाले मलाई कति दिन खान समेत दिनु भएन.-“उतै बाशु कहाँ गैर खा र बस” जस्ता तिखो वचनले घोच्न सम्म घोची रहनु भो | उसो त म तिम्रो घरमा जान नखोजेको कहाँ होर! तिम्रो सानी आमाको वचनले तिम्रो घरको संघार टेक्न मनै मर्यो| “बाशु विदेश गा देखि यी केटि त घरमै पो आउन थालि है ठुलो भाग खानलाई” जस्ता तिखो वचन प्रहारले म मर्माहत बनें| साँच्चै बाशु यो संसारमा मेरो भन्ने कोहि नरहेछ्न| चारै तिर शुन्यताले छाएको थियो,आकासको टुक्रा टुक्री बादललाई पनि हावाको झोंक्काले टाढा टाढा सम्म धपौदै थियो |
शायद मेरो पीडा थाहा पाएर होला,तिमीले फट्के थाप्ने कटुसको डालीमा करै बस्ने कोइली समेत मौन थियो |यस्तै यस्तो बिरक्ताले छाउँदा मैले आत्मा हत्या गर्ने कोसिस नि गरें,तर सोचें जस्तो कहाँ सजिलो रहेछ र त्यसो गर्न पनि | लाचार बनेर आफै मर्न आफैले थापेको सलको पासोलाई हातले कोपार्दै निक्कै बेर रुएँ |एकदिनको कुरा हो म हाम्रो घर माथि लाकुरी रुख निरको चेप्टे ढुंगामा हँसियाले ठुन्गदै तिमि संग बिताएका ति अतितमा हराइरहेका थिएँ,टुपुलुक्क तिम्री फुपू मैना झुल्किन | उहाँलाई पनि हाम्रो सम्बन्धको बारेमा राम्री थाहा रहेछ र त मलाई सान्त्वना दिनु भो |अनि मेरो त्यो बिहाल देखेर उहाँले पास पोर्ट बनाउनु र केहि पैशा जम्मा गर्नु म विदेश पठाई दिन्छु भन्नु भो| विदेश भन्न साथ् तिम्रै सामु जान पाइनी कुराले मेरो मगजमा बास गर्दा निक्कै हतारिएर “साँच्चै हो?” भनेछु उहाँ नि निर्धक संग मलाई आश्वस्त पार्दै साँच्चै हो भन्दै मलाई बिश्वस्त पार्दै हुनुहुन्थ्यो |तर बाशु! तिमीलाई नि राम्री थाहाछ हाम्रो समाजमा २४ घण्टा नै काममा जोति रहे पनि हाम्रो छोरी चेलीको हातमा,हकमा केहि हुन्न,र त मैले कहाँ बाट पास पोर्ट बनाउने र पैशा जम्मा गर्ने? त्यसैले तिमीसंगे बिदेशमा भेट्ने सपनाको दिप एकै छिनमा निभ्यो | तर म जस्ती सोझिलाई फकाउन खपिस तिम्री फुपूले मलाई निरास पार्नु भएन बरु धेरै झुक्ति सिकाउनु भो | त्यस मध्ये सबै भन्दा राम्रो र सजिलो आमाको गलाको सुनको सिक्री र मंगल सुत्र चोर्ने काम लाग्यो र उहाँलाई आफु भाग्ने पक्का गरि पठाएँ |
२ दिन पछिको कुरा हो आमा धारामा नुहोऔन थाल्नु भो त्यसैको मौका पारि उहाँले धाराको टुटीमा झुण्डी राख्नु भाको सुनको सिक्री एक छिन लाउने बहानामा हात पारें अनि तत्कालै त्यै सिक्री संगै रहेको दराजको चापी लिई घर भित्र पसी दराज खोलि आमाको मंगलसुत्र र औंठी हात पारें अनि लागे तिम्री फुपुको घर तिर| हतार हतारमा मैले यौटा चप्पल सातिएछु,त्यसैले फर्केर घर दौडीदै आउने क्रममा कुखराको चल्ला किल्च्यो,त्यसको बदलामा कुखरा माउले नराम्री मेरो ढाँटमा अरिंगालले झैं झम्टेर चिल्यो,ठुन्ग्यो| दुखाई खप्दै चप्पल हेर्न थालें,मेरो चप्पल त सानु कुकुर पुप्पिले घर र गोठको बिचको कुन्नामा खेलाई बस्दो रहेछ,मैले खोस्न खोज्दा झन् मुखमा लिएर भाग्न खोज्यो त्यसैले झट्काएर तानेका थिएँ,कठै त्यसको दांदमा चोट पुगे छ क्यारे म माथि लाकुरी डांडा आइ पुगीन्जेल पनि क्याइन क्याइन कराउदै थियो | धेरै माया नि लाग्यो किन कि त्यसलाई मैले रतेको घर बाट ल्याएको थिएँ २ महिना पहिले मात्र| म तिम्री फुपू मैना कहाँ आइपुग्दा त्यहाँ म जस्तै २,४ जान अन्य केटीहरु नि थियौ,मैनाले हतार हतार मलाई सदरमुकाम जाने बन्दोबस्त मिलौना थालिन एकजना केटीको साथमा| हामी लागि पनि हांल्यौ | ति पाखा पाखा हुँदै लुक्दै हामी सदरमुकाम गैरहंदा त्योई पाखामा गोठालो जाँदा तिमीले बासुरी बजाएको यादले धेरै कोपरी रह्यो| कतै तिमीले टेकेको डोबहरु देखिन्छ कि भनेर आँखा फिन्जाएं तर देखेन | ३ घण्टा हिंडे पछी हामी सदरमुकाम नि आइ पुगें,त्यहाँ पास पोर्ट बनाई बस्दा मेरा बाबा आमाले भेट्ने डर देखाउदै मलाई उक्त केटीले भारत जान भन्यो उसको कुरामा स्विकार्युक्ति जनाउदै टाउको हलाएं | मलाई त्यहाँ बाट काठमान्डौको बस चढेको मात्रै थाहा छ बासु तर भारत कति दिन पछी कति रात पछी आइपुगें थाहै भएन | जब म होसमा आएँ,चारै तिर निक्कै मैलो पर्दा झुन्डेको देखें,कता कता न्यापथ्यमा कसैको चित्कार झैं अस्पस्ट सुन्यो | केहि समय पछी एक अपरचित व्यक्तिको उपस्थितिमा म छाँगा बाट खसे झैं भएँ| म बर्बाद हुँदै रहेछु म नारकीय जिबन बितित गर्न आइपुगेछु| मैले धेरै अनुनय बिनय गरें,तर ति निर्दयीले लुट्न सम्म मलाई लुट्यो र गयो| हो बाशु म यसरि बर्बाद भएँ,म यो भन्दा बढी मेरा कथा व्यथा सुनाउन्ना,किन कि पक्कै तिमी रुने छौ थाहा पाएर | यसै गरि मेरो २ साल त्यहि नारकीय ठाउँमा बिताएँ,एकदिनको कुरा हो हामी बस्ने कोठीमा केहि मानब अधिकार,पत्रकार र पुलिसले छापा हान्यो,उक्त समय म त्यहाँ बाट उम्किन सफल भएँ,तर हाम्री उदार गर्ने नाउँमा सबै तिर प्रकासित गरेर प्रसारण गरेर हाम्रो अपमान गरे झैँ लाग्यो त्यसैले पुलिस बाटपनि उम्केर म भागें| लक्ष र गन्तब्य हिन यात्रामा एक जान नेपाली दाइ भेट भो जो नेपालीलाई त्यहाँ भारती पास पोर्ट बनाई त्यहाँ बाट तेस्रो मुलुक पठाउनु हुँदो रहेछ | मैले नि २ साल साम्मा लुकी चोरी जम्मा गरेका केहि रकम दिएर उहाँले मलाई पास पोर्ट बनाइ दियो र म अहिले हरेक कुराले सु सम्पन्न देशमा छु| बाशु दुखै दुखको माझमा पनि कतै न कतै कुनामा खुशी लुकेको हुँदो रहेछ,किन कि २ साल सम्म म त्यस्तो नारकीय जिबन बिताउनु परे पनि ममा त्यस्तो कुनै रोग देखेन त्यसैले म निक्कै खुशी पनि छु | बाशु,अहिले म २४ घण्टा नै काममा हड्डी घोट्नु पर्छ तथापि म खुशी छु किन कि मैले यहाँ इज्जेत पाको छु त्यसै गरे परिश्रम गरेको फल पाको छु | त्यति मात्रै होइन तिमी संग गोठालो जाँदा लौरी तासना सम्म नजाने तिम्रो सिला आहिले विज्ञानको चमत्कारी संगै रमाउदै छु | अनि देख्दैछु सुन्दै छु तिम्री फुपू अहिले सबैको हाइ हाइ भाकी छे,चेलीबेटी बेचबिखन रोकथामको नाममा उसले धेरै धेरै कार्य गरेकी छे रे | कुनै बेला त गएर उसको गर्दन समाऊ झैं लाग्छ बाशु! र त्यसो गर्नु मेरो कर्तब्य पनि हो जस्तो लाग्छ,तर म त्यसो गर्न नि सक्दिन,किन कि उसको वरिपरी राजा देखि राजनेता सम्म छन्,त्यहाँ मेरो कुरा कसले सुन्छ?बरु म समाजको घृणाको पात्रो बन्ने छु,सबैले बेचिएको केटीको नामले चिन्ने छु,सबैले थुक्ने छन्,सबैले बेस्या बन्ने छन् | त्यसैले म चुप चाप छु र बरु धेरै धन सम्पति कमाएर हरेक दुख दर्दलाई भुलेर सुखमय भबिस्यको कल्पनामा छु | हो बाशु म छिटै फर्किदै छु जहाँ पहिलेको सीलाको नामले होइन सकेराको नामले चिनाउन,बस सकेराको नामले चिनाउन |
(यो कथा कसैको वास्तविकता भएकोले मैले अन्त्य गर्दा आफ्नो खुशीले मोड़ना चाहेन यस प्रति क्षमा चाहन्छु | र यहाँ पात्रोहरुको नाम नकली हुन्,साथै उक्त दिदी ३ साल अघि मसंग पर्चित हुनु भाकी थिइन् तर अहिले सम्पर्कमा हुनुहुन्न )

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *