Skip to content

के लिएथें तिमीबाट

  • by


हृदयको पन्ना भरी तिम्रो नाम लेखिदिएँ
आज तिम्लाई रुवाएर सारा खुशी लुटी लिएँ
यात्रा रैछ जिन्दगानी संगै खोला तारी दिएँ
दोबाटोमा एक्लै छाडी विचल्लीमा पारी दिएँ ।।१।।

सपनाको संसारभित्र तिमी बस्ने गाँऊ दिएँ
आफ्नो मान्छे सम्झिएर मनमा अट्ने ठाँउ दिएँ
तिम्रो चोखो माया मारी मुटु भरी घाउ दिएँ
चारैतिर हल्ला फिँजाई बद्नामीको नाँउ दिएँ ।।२।।

तिमी हिड्ने बाटो पनि काँडा लगाई छेकिदिएँ
अमृतरुपी तिम्रो माया दुनियाँ सामु बेचिदिएँ
आफु साधु बन्न मैले तिम्रो गला रेटिदिएँ
अतितलाई बर्सिएर मनबाट मेटिदिएँ ।।३।।

ठूलो आशा थियो होला मनको दियो निभाई दिएँ
तिम्रो जीवन आज मैले भूमरीमा पसाई दिएँ
थाहा छैन आज आफै यो समाजमा नामी भएँ
के लिएथें तिमीबाट यति धेरै उपहार पाएँ ।।४।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *