सिङ्गो देशले एकैस्वरमा भन्नुपर्छ अब
जेठ १४ मै संबिधान बन्नुपर्छ अब
अरु कुनै बिकल्प नै छैन हामी संग
सहमतिको गोरेटो खन्नुपर्छ अब
सर्बोच्चले तोकिदियो जेठ १४ नै अन्तिम भनी
कति घन्टा बांकि छ गन्नुपर्छ अब
सधैभरि दोधारमा किन पर्छौ नेता तिमी
कुनबाटोमा देशलाइ लाने छान्नुपर्छ अब
अहिलेको उपलब्धि नि गुम्ने त होइन कतै?
जनबिरोधि शक्तिसंग लड्नुपर्छ अब