Skip to content

उपहार त छैन हातमा

KrishnaJalanBesahara


उपहार त छैन हातमा, फूल दिउँला हुन्न ?
त्यसमा रस भर तिमी, मूल दिउँला हुन्न ?

भागेरै भए पनि, भेट्न आए एकान्तमा
वैरीको त्यो नजर छोप्न, तूल दिउँला हुन्न ?

नभने है काँडेतार, पर्खाल छ बिच बाटोमा
भाँजो तोड्न बलियो त्यो, शूल दिउँला हुन्न ?

हाँगा बिँगा बढ्दै बढ्दै, झाँगिदै छ हाम्रो माया
जंघार तरी आउनु परे, पूल दिउँला हुन्न ?

डर किन लिन्छौ अब,चोखो माया गर्छौ भने
डस्ने कोही भए बरु, झूल दिउँला हुन्न ?

कृष्ण जलन *बेसाहरा*
फुजेल, गोर्खा
हाल : दुबई, यु.ए.ई.

1 thought on “उपहार त छैन हातमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *