Skip to content

किन सर्माएकी सानू पोखे हुन्छ मनका कुरा

किन सर्माएकी सानू पोखे हुन्छ मनका कुरा
किन डराएकी सानू खोले हुन्छ मनका कुरा।।१।।

कति राम्रो नशालू रुप जहरिली भइ नहिड है
किन लजाएकी सानू खोले हुन्छ मनका कुरा।।२।।

प्रणय जाल बुन्यौ अब तिम्रो र मेरो बिचमा
किन टोलाएकी सानू खोसे हुन्छ मनका कुरा।।३।।

संयोग छ मिलनको सँगै काट्यौ सयौं जुनि
किन डराएकी सानू खोले हुन्छ मनका कुरा।।४।।

न छ कि रिस राग त्यो मनमा ठुलै शत्रुताको
किन भराएकी सानू पोले हुन्छ मनका कुरा।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *