Skip to content

कर्णालीहरूको शृंखलामा

  • by


कर्णाली दक्खिन बग्दो छ भन्ने नाटकको ह्याङ्ओभर दिमागैमा थियो । एउटै देशभित्र पनि कुनै समूह आफ्नै र कुनै समूह पराई भएको तीतो यथार्थले मन-मस्ितष्कलाई नराम्ररी झक्झक्याइरहेको आफूले अनुभव गररिहेको थिएँ । सँगै हिँडिरहेको कुनै अर्कोले राम्रा लुगा लगाएको छ भने पनि डाहा थियो । कणर्ालीका बासिन्दाले सोच्न सक्छन् कतै अरूले लगाएका लुगामा तिनले सरकारलाई तिरेको कर पनि परेको होला र उनीहरू आफू भने नांगै रहनुपरेको छ । लौ लुगासम्ममा नभए पनि राजधानीमा गुड्ने सरकारी इन्धन खपत गर्ने गाडीका धूवाँका प्रत्येक कणकणमा मुगुको दुर्गम गाउँमा जन्मेर अरू केही सुविधाको नाकमुख नदेखेको र त्यहीँ मर्न तयार भएको प्रतिनिधि पात्र पुन्नबहादुर विश्वकर्माको रगत-पसिना परेको हुनसक्छ । कर्णाली दक्षिण बग्दो छ देखाउने सुमन मल्ल र उनका साथीहरूप्रति सहानुभूति हृदयबाट मात्र थियो तर मजस्ता दर्शक-पात्रको खल्तीबाट भने थिएन । कर्णाली चिसो भन्थे त्यसभन्दा कैयाँै गुना चिसो काठमाडौँबासी र नेपालका योजनाविद् को मन रहेछ ।
विमानस्थलमा शरद वन्त र खेम कार्कीसित यस्तै कुरा भयो । राष्ट्रिय विकासको हाम्रो ‘मोडेल’ले देशका सबै भागबाट स्रोत र साधन सोहोर्ने र केन्द्र वा राजधानीलाई मात्र पोस्ने दयनीय अवस्थाको चित्रण गरेकै छ । यो कस्तो विकास हो ? हामीले स्वीकार पनि गर्‍यौँ, हामी आफँै सायद जुन व्यक्तित्व निर्माण गरेर विदेश जाँदै थियौँ, त्यस व्यक्तित्वको विकासका लागि राज्यका अरूको पनि पसिना परेको हुन सक्थ्यो । देशमा इतिहासलाई नै चकित पार्ने गरी वामपन्थीहरू ठूलो शक्तिका साथ स्थापित त भएका छन् । तिनको दर्शन, योजना र कार्यान्वयनमा केन्द्रीयता हो तर देश विकेन्दि्रत मनस्िथतिमा हाम्फालेको छ । स्थानीय तहबाट उठेर आएको विकासको मागलाई देशको केन्द्रीय निकायले सम्बोधन गर्न सक्नु जरुरी छ ।
उडान तयारीमा थियो । खेम कार्की र म सँगै सिटमा थियाँै, खालि तीन घन्टाका लागि मात्र । ब्यांककमा उहाँहरू त्यतै झर्ने कार्यक्रम थियो तर म भने कोपेनहेगेन हुँदै ओस्लोसम्म जाने यात्रामा थिएँ । जुनसुकै देश र ठाउँका यात्रामा गए पनि हाम्रा लागि चिन्ताको विषय हाम्रो आफ्नो देश मात्र हुन्छ र त्यो एकदमै स्वाभाविक पनि हो । यो गएको सन् २००८ को सेप्टेम्बर महिनाको १३ तारखिको कुरा हो । एकातिर हाम्रो नेपाल वायुसेवा डुब्ने अवस्थामा घिटीघिटी गर्दै थियो भने अर्कातिर यही वायुसेवा सँगसँगै स्थापना भएको र अहिले विश्वभर िमाकुराको जालोजस्तो आफ्नो फ्लाइट नेटवर्क -उडान सञ्जाल) बनाएको थाई एअरले त्यसै साता एक सयौँ विमान किनेर सेवा दिने सूचना आएको थियो । काठमाडौँदेखि पश्चिमउत्तरतिरको युरोप जान म काशी जान कुतीको बाटो हिँड्दै थिएँ, ठीक उल्टो, पहिले दक्षिणपूर्वको सहर ब्यांकक हुँदै । कतार, गल्फ र अस्िट्रयन एयरलाइन्सहरू खचाखच थिए । दसैँका टीकामा घरै फर्किने मेरो योजना थियो र ती सबैमा जाने टिकट भए पनि त्यतिबेला फर्किने सिट थिएनन् । प्रत्येक दिन हज्जारौँ नेपाली हवाई यात्रामा हुन्छन् र विदेशी त परै, आफ्नै नागरकिका मागसमेत हामीले पूरा गर्न सकेका छैनौँ । यो खालि व्यवस्थापकीय कमजोरी मात्र हो । हामी कुशल भएका भए अहिले नेपाल हवाई सञ्जालको केन्द्रविन्दु हुनसक्थ्यो । एसिया, दक्षिणपूर्व, अस्ट्रेलिया र युरोपका लागि नेपाललाई हवाई बिसौनीका रूपमा विकास गर्न सकिन्थ्यो । हाम्रो अक्षमताको फाइदा थाई एयरलाइन्सले लियो, भारत र अरू देशकाले लिएकै छन् । जहाँ जान पनि अहिले ब्यांकक पहिलो बिसौनी भएको छ ।
खेम कार्कीसितको छोटै यात्रामा पनि हामीले गरेको छलफलको विषय सम्झन्छु म, संसारका देशहरूमा विकेन्द्रीकरण व्यवहारमा गरयिो । एउटा सहरमा केही मन्त्रालय र अर्को सहरमा अरू मन्त्रालयहरू राख्ने परपिाटी ठूला देशमा छ । हामी भने नेपालमा कुन्नि कति सालसम्म हो, सबै मन्त्रालयलाई सिंहदरबारभित्र हुलिसक्ने सरकारी योजनाको भूत पालेर बसेका छौँ । खालि रक्षा, अर्थ, परराष्ट्र, गृह, सञ्चार मन्त्रालय र योजना आयोग मात्र काठमाडौँमा राखेर अरूलाई बाहिर पठाए हुन्छ । स्थानीय विकास, शिक्षा र स्वास्थ्य पोखरामा, अनि उद्योग, वाणिज्य, यातायात, श्रम आदि बुटवलदेखि जनकपुरसम्म छरेर तथा अन्य आयोग, विभाग तथा समिति आदि देशभर िराखे पो विकास हुन्छ । संविधानसभा पनि धुलिखेलतिर कतै भएको भए कति राम्रो हुन्थ्यो ? सामरकि सुरक्षाका दृष्टिले समेत देशका अधिकांश कार्यालय र निकाय एउटै सहरमा हुनु उचित छैन । भोलि कदाचित भित्री वा बाहिरी अर्को द्वन्द्व देशले भोग्नुपर्‍यो भने एउटा नौबिसेको पुल नै काठमाडौँलाई नाकाबन्दी गर्न पर्याप्त छैन र ?
ब्यांकक आयो । त्यसपछिको सवा ११ घन्टाको ननस्टप उडानमा नेपाली साथी कोही देखिनँ । बरु स्वीडेनको स्टकहोम जाने नेपालीहरूसित उडान पहिले त्यहीँ भेटियो । उनीहरूलाई पनि थाई एअरको हवाई सञ्जालले तानेको थियो । अर्काका हवाई उडान, देशभित्र अस्तव्यस्त विमानस्थल र अन्य सुविधा मात्र नभएर एक रुपियाँका लागि हात हालाहाल गर्न खोज्ने झगडालु सेवादाताका आधारमा एक वर्षमा १० लाख पर्यटक निम्त्याउने योजना बनाउने बहादुर हामी नेपालीहरू ।
मेरो हातेझोला अलि ठूलो थियो, कारण त्यसैभित्र अटाउने गरी काखे पनि थियो । काखे भनेको हामी केही साथीभाइका भाषामा ल्यापटप कम्प्युटर हो । म डाटाकै काम गर्न जान लागेको थिएँ । विमानस्थलमा मेरो कुराइ छ घन्टाको थियो । काखेका पीरले झोला पूरै हुलेर लामो शौचालय गएँ, बाहिरपट्ट िदुई जना थाई केटाहरू राम्रै नुहाइधुवाइ सक्दै थिए । एक जनाले मलाई पहिले झोला बाहिरै छोड, म हेरििदउँला भनेको थियो । त्यसो भनेपछि मलाई झनै तिनीहरूमाथि शंका लागेकाले सकिनसकी आफैँसित लिएर सानो गरी बनाइएको शौचस्थल गएको थिएँ । फर्केर आएपछि उसले हिन्दीमा इन्डिया से ? भनेर सोध्यो । खै किन हो, मैले हैन, नेपालबाट भनेर अंग्रेजीमा उत्तर दिएँ । अनि, उसले मसित झन् नगिच भएझैँ गरी ब्यांककमा आधा रातमा पनि हातमुख धुने र नुहाइधुवाइ गर्नुपर्ने र उनीहरू त्यहीभित्रका पसलहरूमा काम गर्ने जानकारी दियो । मेरोे सोधाइमा उसले सायद अन्दाजी भन्यो होला, त्यस सुवर्णभूमि विमानस्थलमा मात्र १२ हजारजतिले काम गर्छन् रे ! मैले आँखा चिम्लेर कल्पना गरेँ, कठै हामीले पनि त्यसो गर्न सकेको भए ?
ब्यांकक र हवाईजहाजमै केही कविता आए । नेपालमा घरबाट निस्कँदा अघिल्लो दिनको बिहान १० बजेको थियो होला । लामो र पट्यारलाग्दो यात्रापछि कोपेनहेगेनको विमानस्थलमा उत्रिँदा त्यहाँको स्थानीय समय बिहानको ६ बजेको थियो । मैले ९ बजेको स्केन्डेनेभियनको उडान समाउनु थियो । विमानस्थल ट्रान्जिटमा मसित दुई घन्टा समय खालि थियो । डेनमार्कले नेपाललाई गरेको सहयोग नेपालमा सबैतिर र स्थानीय शासनको प्रभावकारतिादेखि राष्ट्रिय तहका नीतिनिर्माणमा पर्याप्त थिए । आफ्ना मनमा भने गुरुकुलको नाटकले देखाएको कणर्ाली दक्खिन बग्दो छ, तरल भएर क्रमैसित दक्खिन वा सुविधातिर बग्दै गएका नेता, तिनका कार्यकर्ता वा ज्ञान र सीप भएर पनि ‘हस्’मा टाउको हल्लाउन बाध्य भएको प्रशासन र बुद्धिजीवीको हूल थियो । युरोपेली देशका र अन्य दाता सबै मिलेर नेपाललाई आउँदो दस वर्ष खालि प्रत्येक जिल्ला र तिनका मुख्य बस्तीमा सडक पुर्‍याउन र थोरै मेगावाटका बिजुली निकाल्ने सयौँ ससाना आयोजनामा सघाइदिए कस्तो होला भन्ने लाग्यो । जाबो एउटा टहरे नाटक-घर बनाउन मुगुका कलाकारले गुरुकुलमा आँसु चुहाउनुपर्ने थिएन होला । तिनका घरगाउँका खोलाले निकालेको बिजुली नै सायद जीवनस्तर माथि उठाउन छेलखेल हुन्थे होलान् । मेरा आँखामा गुरुकुलको बाहिर झोली फैलाउन थापिएको भाँडो झल्झल्ती थियो ।
मेरो उडान केही ढिलो हुने भएछ । मलाई लिन ओस्लोमा मानिस आइपुग्छन्, खबर गर्नुपर्छ भनेपछि उनीहरूले फोन लगाइदिए र मैले मारटि हौगलाई ढिलो हुने बताएँ । आफ्ना कारण भएको ढिलोमा उनीहरूको विनम्रता देखेर च्याँट्ठिएर कुरा गर्ने नेपालका हवाई कम्पनीका कर्मचारीको सम्झना पनि आयो । अर्को उडानमा सिट सुरक्षित पारेर त्यो काउन्टरबाट बिदा भएँ ।
यात्रु पर्खिने ठाउँमा गएँ । युरोप, अमेरकिामा पहिले पनि पढेर आएको थिएँ, विभिन्न बहानामा संसारका दुई दर्जन मुख्य मुख्य देश घुमेको थिएँ । यस्ता अन्तर्राष्ट्रिय थला र यिनका प्रणालीसित परििचत नै थिएँ । गएँ, आफ्नो हातेझोला राखेर छेउको कुर्सीमा बसेँ । तीन जना बस्ने कुर्सीका त्यस लहरमा पल्लोपट्ट िएउटी महिला थिइन् । बीचमा अर्को सिट खाली नै थियो । म बस्नासाथ भने उनी त्यहाँबाट उठेर अन्तै सरनि् । मलाई केही अनौठो लाग्यो, सोचेँ सायद उनका अरू साथी होलान्, नअटाउने भएकाले सरेकी हुन सक्छिन् । उनी भने एक्लै थिइन्, पछिसम्मै । मनमा कसोकसो लाग्यो । समय थियो । उठेर झोला गुडाएर अलिकति घुमेँ । अघिल्तिरको कुनोमा एउटा बाकस थियो । त्यसभित्र ठोसिएका साना-ठूला नोट देखेर भने मेरा पाइताला रोकिए । त्यसमा लेखिएको बेहोराले मलाई थाप्लामा घनले हान्यो । नेपाललगायतका एसियाली गरबि देशका पढ्न नपाउने केटाकेटीका लागि सहयोग गर्न र त्यसै यताउता फ्याँकिएर जाने खुद्रा पैसा त्यस बाकसमा खसालिदिएर चन्दा दिन त्यसमा अपिल गरएिको थियो ।
मैले कणर्ालीका मान्छे सम्झेँ, नाटकको अन्तिमको सुनील पोखरेलको टिप्पणी -न्यारेसन) सम्झेँ । साँच्चै कणर्ालीका मान्छे, काठमाडाँैका सुकिला मानिसहरूका लागि गन्हाएजस्तै म पनि युरोपेलीहरूका लागि गन्हाउँछु होला । मलाई पो थाहा छैन, म कति गन्हाउँछु भन्ने । हाम्रा नाटकघर, रेडक्रस र अन्य सार्वजनिक ठाउँमा राखिएका दानपात्रमा हामी कणर्ालीबासीलाई सहयोग आदिजस्ता पदावली देख्न पाउँछौँ । यो कणर्ाली भने नेपालको पश्चिम-उत्तरमा भएको कणर्ाली नभएर कणर्ालीहरूको शृंखला पो रहेछ । धेरै कणर्ालीहरू, युरोपका लागि नेपालै पूरै कणर्ाली होला । नेपालका लागि पो हाम्रो कणर्ाली मात्र अँध्यारो र अविकसित कणर्ाली । नेपालमा राजधानीबासी भनेर नाक फुलाए पनि कोपेनहेगेन पुग्दा मेरो परचिय कणर्ालीबासी र म विधान आचार्यबाट पुन्नबहादुर विश्वकर्मा भइसक्दो रहेछु ।
मेरा आँखाअघि बाबुआमाले सिकाएर ससाना केटाकेटीले पसलमा सामान किनेर उबि्रएका चानचुन पैसा त्यही ढ्वाङमा खसाले । म चिसो भएँ । मेरा लागि विदेशी सहयोगको मात्रा केही बढ्यो होला । ती ससाना बालबालिका मेरा दाता भएका थिए । कुन देशका हुन् कुन्नि बिदा मनाउन तिनीहरू पनि ओस्लो नै जान लागेका देखिन्थे । अब केहीबेर पहिले सिट सरेर जाने महिलाप्रति मेरो कुनै गुनासो थिएन । मलाई आफ्नो हैसियतबारे दिव्य ज्ञान भइसकेको थियो । उनीहरूलाई अघिअघि बाटो छाडिदिएर ओस्लो जाने विमानमा म विस्तारै छिरेँ ।

नेपाल साप्ताहिक ३३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *