Skip to content

आमैले सोध्लिन् नि खै छोरा भन्लिन्



दसै धारा नरोए आमा
बाँचे पठाउँला तस्बिरै खिचेर
कस्तो लेख्यो नि भावीले
कर्म-लीला है मलाई हजुर
हे बरै

आमाले सोध्लिन् नि खै छोरा भन्लिन्
रज है खुले भन्दिए
बाबाले सोध्लान् नि खै छोरा भन्लान
रण जित्दैछन् भन्दिए
दाजैले सोध्लान् नि खै भाइ भन्लान
अंश बढ्यो भन्दिए
भाइले सोध्लान् नि खै दाजु भन्लान
घेरामा पर्‍यो भन्दिए
दिदीले सोध्लिन् नि खै भाइ भन्लिन्
चोली घट्यो भन्दिए
बैनीले सोध्लिन् नि खै दाजु भन्लिन्
माइती घट्यो भन्दिए
छोराले सोध्लान् नि खै बाबा भन्लान्
टोपी झिक भन्दिए
छोरीले सोध्लिन् नि खै बाबा भन्लिन्
सुन चुराको दान दिए
प्रियाले सोध्लिन् नि खै स्वामी भन्लिन्
बाटो फुक्यो भन्दिए
भाउजूले सोध्लिन् नि खै देवर भन्लिन्
खसी काट भन्दिए

बट्यौलीको बजारमा दुई पैसाको ला छैन
घरको स्वामी सोर्गे हुँदा घर बस्नेलाई था छैन
सिसा कट्यो गोलीले रणमा परि मरिछन् लाहुरे
बाबा रुन्छन लौ बर्ष दिन आमा जुनीभरि लौ हजुर

झलकमान गन्धर्व

1 thought on “आमैले सोध्लिन् नि खै छोरा भन्लिन्”

  1. मञ्जुलले गाउनुभएको यस गीतमा
    मञ्जुलले गाउनुभएको यस गीतमा झलकमानका ओरिजिनल शब्दहरूभन्दा केही फरक छन् । प्रसिद्ध गीतहरूको विशेषता नै यही हो ।

Leave a Reply to kbs Cancel reply

Your email address will not be published. Required fields are marked *