आज एउटी सानी बालिका छरपस्ट कपाल अनि झुत्रे वस्त्रहरूमा
व्यस्त सडकको एउटा पाटोमा
मायालाग्दा ती उसका कारुणिक दृश्यहरूलाई
व्यस्त मानिसहरूसँग प्रस्तुत गर्दै
आफ्नो पेट भर्ने पैसा मागिरहिछ
आफ्नो मैलो हात तेर्स्याई तेर्स्याई
त्यो एउटी सानी बालिका
कोमल ती उसका नाङ्गा पाउहरूमा कुविचारी काँडाहरू बिझिरहेछन्
नि:स्वार्थ र निस्पापले रङ्गिएका उसका पारदर्शी लोचनहरू दुष्ट आँशुले भिजिरहेछन्
निर्मल निश्चल अनि निसंकोच उसका भावनाहरूमा तृष्णित एउटा झिनो आशा उसका आवश्यक्ताहरूले मागिरहेका छन्
भोकले आकुलब्याकुल भएकी अँझै हात पसार्दै मागिरहिछ त्यो सानी बालिका ।
आज त्यो सानी बालिका सानी छे
भोलि ऊ ठुली हुनेछे तैपनि सानी भनेरै पुकारिनेछ
उसको आजको जट्टा परेको कपाल भोलि सिलिक्क हुनेछ ।
आजका उसका समथल स्थनहरू भोलि उभारित हुनेछन् ।
ऊ वस्यक हुनेछे
ऊ यौनयुक्त लज्जाबाट घेरिने छे
उसको आँजको यो स्यानो शरीर भोलि नशायुक्त हुनेछ ।
भोलि उसको नशायुक्त शरीरमा टिमीक्क टासिने आधुनिक पहिरन हुनेछ
र त्यै पहिरनसँगै सयौँ युवाहरू घायल बनाउने छे उ ।
भोलि ऊ आजको जसरी पैसाको लागि माग्दै कराउदै हिड्ने छैन
स्वयं ती व्यस्त मानिसहरू भोलि ऊमाथि पैसाको वर्षा गराउनेछन्
असंख्य युवा जमात भोलि ऊमाथि प्रेमको भिख माग्नेछन् ।
असक्त वृद्ध भोलि आफै ऊमाथि फूलको वर्षाले पूजा गर्नेछन्
हो मानिसहरू मरिमेट्नेछन् ।
तर आज ऊ यो व्यस्त सडकमा मानिसहरूबिच आफ्नो पेट भर्ने पैसाका निम्ति उसका मैला ती हातहरू तेर्स्याइरहिछ
त्यो एउटी सानी बालिका ।
बिक्रमादित्य