Skip to content

गजल लेख्दा बहर


गजल लेख्दा बहर सधै पूरा हुन्छै भन्ने छैन
मन्मा लाग्या रहर सधै पूरा हुन्छै भन्ने छैन

भरिएका बस्तीभित्र रित्तो रित्तो मन हुन्छ
खाली हुन्छ शहर सधै पूरा हुन्छै भन्ने छैन

आधाआधी यादहरू धमिलो भै बगी जान्छ
यादका ती लहर सधै पूरा हुन्छै भन्ने छैन

जिन्दगीको नहर जित्न दहर काफी भए पनि
एक्का ‘बिना’ दहर सधै पूरा हुन्छै भन्ने छैन

बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

1 thought on “गजल लेख्दा बहर”

  1. यहांको गजल निकै राम्रो लाग्यो ।
    बरु मलाई पनि गजल लेख्नका लागी हल्का टिप्स दिनुहुन्थ्यो कि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *