Skip to content

बिष नै पो पिइएछ


चिन्ने न जान्ने ढुंगाले हान्ने, आफ्नै झैं ठानेर
लेकाली कोदो तीन-पाने भन्ने, हातैमा तानेर
मेरै हो भट्टी मैले नै पार्छु, सम्झेर आउनुस है
नजानु अन्त नपिउनु कतै, मिसावट हुन्छ दाइ

साइँलीको भट्टी चिटिक्क रैछ, त्यतै पो जमियो
कोदोको रक्सी तीनपाने भन्दा, झनै पो रमियो
साइँलीको हातमा जादु नै रैछ, क्या मिठो पारेको
भन्दै छिन् उता तपाईंलाई भनी, तीनेपाने तारेको

इन्टरनेट खोलें समाचार पढें, रक्सीमा मिसावट
धोती र मोजा जाँडमा घोली, तीनपाने देखावट
पहिलो दिन पढ्दा के यस्तो होला, त्यस्तो त भएन
अर्को दिन फेरि फोटो नै रैछ, मन कत्ति रहेन

पापी पो रैछ साइँलीको मन, जे पनि मिसाउने
जाँडको घ्याम्पो हेरौ न भन्दा, झन्केर रिसाउने
भट्टीको माया के माया हुन्थ्यो, बेथैमा लाइएछ
असली कोदो तीनपाने भनी, बिषै पो खाइएछ

हिमान गाउँले
घान्द्रुक – ३
बहराइन

4 thoughts on “बिष नै पो पिइएछ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *