मन्दिर बन्ने सिमेन्ट ईट्टा ढुंगो उतै थियो
स्वीकार थियो मलाई भने टुंगो उतै थियो
भर दिने माटो गल्यो बग्यो खेत बारी
पिडित छु रतन्धोले पालुंगो उतै थियो
आफ्नो भाग्य भाले भयो घरको मेवा जस्तै
घरिभरि कोसा लाग्न बुंगो उतै थियो
सारा त्याग्न सक्ने मुटु त्याग्नु हुन्न रै’छ
पूजा सर्जाम यता रह्यो अपुंगो उतै थियो
काँडामाथि फूल फुल्छ र पो फूलबारी हुन्छ
आफू उजाड काँडाघारी थुँगो उतै थियो
पुरानाघरे
चिराङ भूटान
