चर्खे पिंगको एउटा पिर्का, मलाई कुर्दै होला कठै
लिंगे पिंगको एउटा लिंगा, मलाई हेर्दै होला कठै
लैबरिका भाकाहरू, एक्लिएका होलान कतै
बिना जोडी कोइली चरी, एक्लिएका होलान कतै
लालुपाते मखमली, मच्ची-मच्ची फुल्दै होलान
गैरी बारी कोदो फुल्दा, खेतमा धान झुल्दै होलान
लह लह धानका बाला, टोलाएर बसे कि त
फुर्के फूल मखमलीका, लोलाएर बसे कि त
नारोइबसे बनपाखा, फेरि आवाज गुन्जाई दिउँला
आश न मारे मखमली, फेरि माला सजाई दिउँला
घमाइलो होला वाताबरण, रमाइलो होला गाउँ
परदेशी जीवन यस्तै नै रैछ, कहिले म घर जाउँ
हिमान गाउँले
बहराइन
