Skip to content

याद गरे दाज्यु, याद गरे भाइ

  • by


पूर्वका किल्ला याद गरे दाजु, देखाउनु भाइलाई पनि
पश्चिमका किल्ला नबिर्से दाजु, सोध्नु न बाउलाई पनि
उत्तरका किल्ला पहाडी जिल्ला, याद गरे हिमाल गनी
दक्षिणका किल्ला सलक्कै मिल्ला, लैजालान तानी तानी ।

ससुरै पर्लान ज्वाई नै पर्लान, भुलाउलान जानी जानी
याद गरे दाज्यू याद गरे भाइ, नगरी आन कानी
फुकेको कम्मर सुकेर आजकल, सारंगी भाको छ रे
मलिलो माटो ओरालो बाटो, दिन दिनै गाको छ रे ।

दुई -चार ढुंगा झरेको देखे, टिपेर थपथे रे
इन्ची न टेप बाह्र खेप, चोयाले नापथे रे
लेखेका पत्र छन् अलपत्त्र, च्यापेको च्यापै छ रे
यता र उता नेता ती हाम्रा, धाएको धायै छ रे ।

हिमाल न पहाड के पहाड तराई, कोही छैन पराई
ती हाम्रा किल्ला सारे रे झनै, जाउँ न दाइ नडराई
मल्केको सिरु पल्केको स्याल, खोर मै थुन्नु छ
साँध र किल्ला अत्तिनै भए जाली नै बुन्नु छ ।

हिमान गाउँले
बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *