सुन्य- सुन्य भएँ, कमल बिनाको दह जस्तो
माया सम्झे दुख्छ, बल्झिने मुटुको बह जस्तो
साथ छैन केही, सम्झना भनेर याद गर्दा,
मधुरो भो बिम्ब, ओझेल परेको टह जस्तो
अर्ध मृत भएँ, विक्षिप्त छातीको घाउ दुख्दा,
टिल-पिल हुन्छु, सगर ओकल्ने गह जस्तो
हरा-भरा छैन, प्रीतको उर्बरा बिना यहाँ,
जिन्दगानी भयो, धर्तीको चट्टानी तह जस्तो
पीडा ढाक्न खोज्छु, कलेटी परेको ओठ खोल्दै,
मन सदा खल्लो, त्यो मैन नभाको मह जस्तो
कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया
