लु खेलु यता आउ चरी कति राम्री
चिटिक्क अहो सुन्दरी कति राम्री
ती रङ्गिन मोहक सबैतिर झलझल
सजाइ पखेटा भरी कति राम्री
कुरा अति प्यारो सुनाइन चिरबिर
छ गुञ्जन नानाथरी कति राम्री
फुरुक्क हुदै फुर्र फुर्र उडेको
बतास चलाई सरसरी कति राम्री
बसेछ नि हातमा मुलायम कस्तो
खुशी कि तिमी हौ परी कति राम्री
(बहर : मुतकारिब मुसम्मन् मक्बूज ख
सूत्र : फऊलु++ + फऊलुन् + फऊलु++ + फऊलुन्++++
ISI ISS ISI ISS )
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस् एन्जेलस्
