Skip to content

यति बिघ्न ऊ दुष्ट रैछ

  • by


यति बिघ्न ऊ दुष्ट रैछ
खराब विचार एक मुष्ट रैछ

न दुख्छ उस्लाई न पोल्छ
रोगै भनौं ऊ कुष्ट रैछ

खाई पिई सबै पाप् जति
देख्नलाई ऊ पुष्ट रैछ

विगो केही गरिन मैले
‘बिना’कारण ऊ रुष्ट रैछ

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *