Skip to content

चियाबारीमा गुन्गुनाएँ मैले


चियाबारीमा गुन्गुनाएँ मैले तिम्रो नाम फेरि
एकान्तले तर्साएर चिल्न लाग्यो घरीघरी ।

सिमसिम पानी जपेँ मैले तिम्रो नाम फेरि
विछोडले हप्काएर दागा धर्यो घरीघरी ।
बगैँचामा पसेपछि तिम्रो याद घरीघरी
फूललाई सोधेपछि तिम्रो साथ वरिपरि ।

माहुरीले कानेखुसी, कोयलीको भाखाभित्र
मैले श्यामश्वेत हृदयमा तिम्रो चित्र ।
फ्रेम हाली सजाएर अब रङ भर्छु आज
सकेदेखि चित्रभित्रै रमाएरै मर्छ आज ।

पेशल आचार्य
उपप्राध्यापक, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस, मन्थली, रामेछाप ।
(रचनाः २०६५ पुस २८)

Leave a Reply

Your email address will not be published. Required fields are marked *