तिमी जहाँ त्यहीँ म पुग्न पाँए हुन्थ्यो
मलाई लान वायुपंखी घोडा आए हुन्थ्यो ।
सधैं हामी टाढिदा बिरानो झै लाग्ने
थाहै नपाई बतासले सँगै पारे हुन्थ्यो ।
भीडभाडमा हराउँदा नि झल्को तिम्रै आउँने
कहिलेकाही सामीप्यमा बस्न पाए हुन्थ्यो ।
सँगै मर्ने बाँच्ने कसम खाको हो हामीले
बाध्यता हाम्रो यो मनले बुझिदिए हुन्थ्यो ।
2016-09-30 05:04:56 +0000