Skip to content

डोली चढी रमाउँदै


डोली चढी रमाउँदै गयौ पराई घर
आफ्नो भन्ने दुँनियामा अरु को नै छ र
यो मन दुखेर तिम्रो डोली हेरी हेरी रोए रोकेर

चोखो माया अमर हुन्छ भन्थ्यौ हात समाई
गरिबको झुपडीमा गयौ आगो लगाई
यो मन दुखेर तिम्रो डोली हेरी हेरी रोए रोकेर

ठुला ठुला महल अनि धनी केटा पायौ
धोकेबाजी भनेर नै मलाई दोष लायौ
यो मन दुखेर तिम्रो डोली हेरी हेरी रोए रोकेर

शब्द, संगीत – लक्षुप्रकाश मल्ल
स्वर – शिव परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *