युवा हाम्रा रुँदै भोकै उता सौदी पसेका छन्
नपस्ने जो थिए तिनले यता गुन्टा कसेका छन्
कबोलेको पुरा पैसा बरा के पाउँथे होला
दलालीका भरौटेले यहाँ झन् झन् डसेका छन्
यता बाबा र आमाले व्यथामाथि व्यथा पाए
तिनैको यादमा यिनका चिसा आँसु खसेका छन्
ठुला उद्योग धन्दामा बगाएछन् रगत धारा
यता पत्नी सधैं रुन्छिन् उता लोग्ने फसेका छन्
युवा भेडा सरी बिक्छौ फसेछौ जालमा पर्दै
तिमीमाथि अझै तिनले छुरा लामो धसेका छन्
युवा हाम्रा रुँदै भोकै उता