Skip to content

कवि प्रश‌ंसा


गोगने
पढ्ने काम सकेर तृप्त नहुँदै बाँकी रहे तिर्सना
चौतारीतिर खोज्नु पर्छ कविका हज्जार छन् सिर्जना
मर्मश्पर्श गराई मित्रर मुटुको भित्रै कता हो छुने
लेख्तै पस्किनमा सिपालु मनका लाग्छन् त्यहाँ गोगने ।।

थोरै लेख्न सिपालु छन् अझ तिखो भावार्थ नै टिप्तछन्
मानौं शब्द र वस्तुमेल छिनुले मुर् त्याउँदै खिप्तछन् ।।
यस्ता कर्मठ काव्यसर्जक यहाँ खोज्ने कतै हो भने
पाल्नोस् सज्जनवृन्द काव्यपुरमा हुन्छन् त्यहाँ गोगने ।।

भाषाको गहिराइबाट पदका गुच्छाहरु झिक्तछन्
मानौं काव्यप्रबाहको चमकमा अत्यन्त निर्लिप्त छन्
टिप्छन् भाव प्रभावका पदहरू पैल्याउँदै चम्कने
एकै पल्ट पढेर नित्य स्मृतिमा बस्छन् सधैं गोगने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *