प्रिय मान्छे बिरानो बन्छ स्वार्थ पलाएपछि
बाटो नि फरक हुन्छ आगो जलाएपछि
गोरेटोमा यात्रा जारी हुँदा हुँदै
मनहरू पागल हुन्छन् इमान हराएपछि
प्रेमिल सम्बन्धमा चिसो पस्दै गयो
धमिरोले भित्र भित्र गोलो कस्दै गयो
छाम्दै जादा मनलाई बिरानो नै पाए
बिरहमा मन डुब्छ इमान हराएपछि
साथ दिने हातहरू छोटिदै गए
माँया दिने मनहरू खुम्चिदै गए
कोपिलाहरू फूल्न नपाई सुक्दै गर्दा
बगैचा नि फूल्न भुल्छ इमान हराएपछि
मुटुको धड्कनको लय मिल्न छोड्यो
नजरको छेउले सुन्दर देख्नै छोड्यो
रुदा रुदै नथ्रुकै भिज्यो मेरो जाले रुमाल
बाचाहरू धुमिल हुन्छन इमान हराएपछि ।