Skip to content

दुखिराछ मेरो देश

पुन: मुटुमा दुख्न थाल्दैछ मेरो देश
किन अस्थिर हुन लाग्दैछ मेरो देश ।।

क्रान्तीका अग्रगामी छलांग हान्दै आयो
किन पछाडी पाइला राख्दैछ मेरो देश ।।

बिहानीका किरणहरु छरपस्ट हुदैछन
किन धमिलो डाक्दैछ मेरो देश ।।

सुन्दर सभ्य सम्यम मनको समाज छ
किन चक्रब्युह जाग्दैछ मेरो देश ।।

नीति नियममा बाधिन नेपाली आतुर छौ
किन सु-शासनबाट टाढा भाग्दैछ मेरो देश ।।

न्यायका लागि ठुल-ठुला बलिदानी भए
किन अन्यायको सिमा नाग्दैछ मेरो देश ।।

बीर गार्खालीको ईतिहास कायम छ
किन एक मुठि बल माग्दैछ मेरो देश ।।

भनाइ र गराईको तारतम्य मिल्नै छोड्दैछ
कुन अदृष्य शक्तिले हाक्दैछ मेरो देश ।।

शान्त समृद्ध बुद्धको पवित्र जन्मभूमि
किन अहंकारको बोली दाग्दैछ मेरो देश ।।

बन्द हड्ताल बिष्फोटनको चट्यांग बज्रन थाल्यो
कहिल्यै सुध्रदैन कि भन्ने लाग्दैछ मेरो देश ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *