Skip to content


डुल्छ चरी वनैभरि काफल पाक्यो भन्दै
मान्छेलाई हर्ष लाग्छ उसको बोलि सुन्दै
बुद्धि, बानी वन्चरीको निस्वार्थकै हुन्छ
काफल पाक्यो, भन्दै डुल्दै झट्टै थाहा दिन्छ ।

आश्चर्यले भरिएको हाम्रै धर्ती माथि
पन्छी-पशु जम्मै हाम्रा जिन्दगीका साथी
उत्साहले भरिएको पृथ्वी नै हाम्रो
जैलेसुकै हेर्दा पनि स्वर्गजस्तै राम्रो ।

कस्तुरी र डाँफे चरी पाखैभरि टम्म
बेसी हेरौँ खेतबारी जताततै सम्म
मधेसका हात्ती, गैंडा वनैभरि टम्म
आनन्दले बसौँ अब सबै गजधम्म ।

जन्म दिने आमाजस्तै जन्मभूमि पनि
बाँचुञ्जेलै मान्छौँ हामी स्वर्गजस्तै ठानी
अशान्तिले हल्लिएको मुटु हुनै हुन्न
शान्तिलाई, अशान्तिले छुँदै पनि छुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *