Skip to content

म आउन सकिन दाजु (शिशु गजल)

सम्झिरैछु भाइटिका, म आउन सकिन दाजु
निधारमा भाइटिका  लाउन  सकिन  दाजु ।

बाध्यता नै यस्तै भयो,परदेशमा  रुँदैछु
सयपत्रीको मालामा , मुस्काउन सकिन दाजु ।

रमाइलो त्यो पल अनी खुशीको मिलन पनि
चाहेर पनि यो मनले, पाउन सकिन दाजु ।

तिहारको रमझम, देउसे, भैली मनमै छ
अन्धकारमा म, जून बनी छाऊन सकिन दाजु ।

(परदेश बाट ) 

2 thoughts on “म आउन सकिन दाजु (शिशु गजल)”

  1. कविता साह्रै रर्मो छ |मेरो मन
    कविता साह्रै रर्मो छ |मेरो मन पनि चिसो भयो यो कविता पढेर |रचना उत्तम छ |”चंचले चकचके केटो” यु.ए.ई.

  2. प्रभा दिदी गजल समसामयिक र
    प्रभा दिदी गजल समसामयिक र राम्रो लाग्यो….

Leave a Reply

Your email address will not be published. Required fields are marked *