सुनसान रातमा
गाउँको चौतारीको
रहर लाग्दि, झ्याङ्गिएर बेरिएको
शीतलताले
च्यातिएको मनहरूलाई
शीतलता नदिंदोरहेछ
बादलका पछ्यौरीभित्र
कोमल हाँसो
पवित्र स्नेह सम्झन्छु
गाउँघर पाखा पखेरा
सबैतिर हेर्छु
भ्रम हो कि भनेर
अनि बेर्न मन लाग्छ
एक अन्जुली यादका पलहरू
टुक्राटुक्री छल्किने यादहरू
समयको आचलभित्र
अङ्कमाल गर्न मन लाग्छ
हरपल यी आँखाहरू
उराठिला काल्लाहरूमा
कन्दराहरूमा
हावाको झोकाहरूसँगै
सुकसुकाउँदै
नतमस्तक हुन्छु
भोगाइहरूमा बासना उम्लिन्छ
जिन्दगीलाई मनमनै
रुपान्तरित गर्न खोज्छु
बोझ लाग्छ आँफैलाई
चुपचाप सहिदिन्छु
पीडा भुल्ने बहनामा
रात गहिरिदै जान्छ
फुल्नु र झर्नुको बाध्यतामा ।
उषा गिरी
बेल्जियम ,ब्रस्सेल्स