Skip to content


किन उदास
अनि ,
बिरानो छ जिन्दगी ?

के सम्झुँ म
कुन दु:खले
हैरान छ जिन्दगी ?

स्वास त चल्छ,
यो मुटुमा अँझै तर ,
जिउदो लाश भएछ जिन्दगी !

घना भीडको बीच
सँग छु म,
तर पनि सुनसान छ किन जिन्दगी !

गए दिन हिजो
अनि, आउने भोलिको पर्खाइ
यसै बीचमा पिल्सिएको छ जिन्दगी!

युगौं युगको दौडमा
रतिभर सालको
पाहुना हो जिन्दगी !

धेरै देखियो
धेरै जानियो,
फेरि पनि बुद्धिहीन, अन्जान छ जिन्दगी !

सिक्काको दुवै
पहलुमा ठोस् सत्य छ,
कहिले दु:खको कतरा
कहिले खुशीको मुस्कान छ जिन्दगी !

मिलन कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *