वेदनाको मात्रै गजल, किन गाउनु र खै
दुखै पाउने भए माया, किन लाउनु र खै
विपनीमा भेट्ने होइन, सताउनलाई मात्रै
सम्झनाका तरेलीमा, किन आउनु र खै
भत्किन्छनै यदि भने, हुरी आई कतैबाट
मायारुपी झुपडीमा, किन छाउनु र खै
दुई मनले हुन्छ माया, फकाउन कसैलाई
बलगरेर त्यतैतिर, किन धाउनु र खै
आफूलाई नहेर्ने भए, अरुलाई खटिएर
मरिहत्ते गरी दुख, किन पाउनु र खै
चर्किन्छरे छाती धेरै, विछोडमा पर्दाखेरी
मुटुगासी आफ्नै मन, किन रोउनु र खै