Skip to content


खै म त यसै उसै त्यसै हारेको मान्छे
स्वयं तिमीले नै धरापमा पारेको मान्छे।

मतलबी दुनियाँमा कस्ले कस्लाई गन्छ
म त तिम्रो दलानदेखि पर सारेको मान्छे।

उत्ताउलिएको त्यो तिम्रो दोधारे वैंसले
ललाइफकाई हलो जुवामा नारेको मान्छे।

ऐस आराम मोजमस्तीमा लुटपुटिएपछि
खुद तिमीले तिम्रो घरको पानी बारेको मान्छे।

एकोहोरिएको मेरो पलपलको प्यारलाई
छक्का पञ्जा गर्दै तिमीले टारेको मान्छे।

टेकाने–कुञ्ज, भरौल, सुनसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *