साँचेर कती राखु मालाबुन्ने फूल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले
खल्तीमा तस्बीर राखी कती मन्दिर धाउँ
पाउँ तिमी भनि कती चढाउँ त्रिशुल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले
कती काटुं अब सपनाका तीता रातहरु
बगाउँकती आखाबाट आशुका मूल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले
ओइलीजाला कि बिचैमा पो परीजाला
चारैतिर देख्छु मायाका हुलै हुल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले
आउन खोज्छु फटकेर जहा तिमी छौ
कती जोडें भत्कियो मिलनको पुल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले
साँचेर कती राखु मालाबुन्ने फूल मैले
दाँजेर कती बसु तिम्रो मेरो भुल मैले
मनोज काफ्ले ‘मनसुन
कुवैत

धन्यवाद मनोज जी,
यो सेर
धन्यवाद मनोज जी,
यो सेर राम्रो लाग्यो!
साँचेर कती राखु मालाबुन्ने फूल मैले
दाँजेर कती बसु तिम्रो मेरो भूल मैले
यहाँको कलम जिवनको अन्तिम सम्म पनि यसैगरी चलिरहोस्
भन्दै दिपावलीको सुभकामान पनि ब्यक्त गर्दछु!
गीता थापा
ईजरायल
गीत जी येहा को सुभकामनाले
गीत जी येहा को सुभकामनाले मेरो हरेक कोशिस सफल हुने आशा गर्दछु
दीपवाली को सुभकामना येहा लाइ पनि मुरिमुरी छ
देशमा भएका हजुरका दाजु भाइको dirghaau को पनि kaamanaa ……….!!
आउन खोज्छु फटकेर जहा तिमी
आउन खोज्छु फटकेर जहा तिमी छौ
कती जोडें भत्कियो मिलनको पुल मैले
मनोज जि एक दिन अवश्य जोडीनेछन ति पुलहरु निस्चिन्त हुनुहोस
शाब्दिक त्रुटिहरु(चदाउँ=चढाउँ?,फुल=फूल?) भएपनी गजल राम्रो लाग्यो
अनुभव जी
हजुर कहिलेकहिँ
अनुभव जी
हजुर कहिलेकहिँ नजानेर जसको पनि गल्ति हुन्छ नि हजुरलाई धन्याबाद मेरो गल्ति पछ्याइदिनु भो ..
आउदा दिनहरुमा येसमा पनि ध्यान दिने छु
गजल फेरिपनी मन पराउनु भयो मलाइ त्यो भन्दा अरु के नै चाहियो र
तपाइको माया त मलाइ सधैभरी रहनेछ भन्ने आशा छ