संसार कै अति सुन्दर भूमि देवस्थलै हो नेपाल !
चाँदी टल्किएझैँ टलक्क देखिने उत्तरका अग्ला हिमाल !!
कर्णाली, कोशी, गण्डकी र महाकाली, मेची, रापती!
फलनेछं गहु, धान, मास, मसुरो तराइ का फाँट ती !!
चर्छन चौरी र भेड़ीगोठ हरदम पहाडी जंगल महाँ !
डाँफे, कस्तुरी र मुनाल मयुरहरूले शोभाय पार्ने तहाँ !!
हात्तीका हूलले तराई तिरका जंगल सबै भर्दछ्न !
गर्जन्छन चितुवा, बनेल ! हरिण, गैंडाहरू चर्दछ्न !!
यस्तो सुन्दर देशको बीचमहाँ काठमाडौँ खाल्टो भयो!
यसै खाल्डो उपत्यका वरिपरी राजधानी नामै रह्यो !!
यी तिनै शहरभरि भराउ भै छैनन् पयर टेकने!
गल्लि छन अति साँगुरा तर महल आकाश लाइ छुने !!
खाने पानी तिरिक्क छैन बिचरा काकाकुलै का सरी !
खानेपानी बिभाग को हुन गयो साह्रै ठूलो मनपरी !!
आर्थिक को सहयोग बिदेशीहरूले साह्रै ठूलो गर्दछन !
बिचै मा कमिशन, फटाहाहरूले आफै भूड़ी भर्दछन !!
बत्ती छैन, पिलिक्क गर्छ बिजुली लोडशेडिंग धेरै भयो !
बिद्युतका ठेकेदार, मन्त्रीहरूमा पैसा जति गैगयो !!
भ्रष्टाचार भयो बिदेशी रुपिया उद्योग बन्दै भए !
पार्टीभित्र भयो लडाई झगडा काटमार गर्दै गए !!
