Skip to content

कनचनपुर (भाग – २)


हेरौं अब नजिकै छ शारदा ब्यारेज ।
सट्टा जमिन नदिएको गर्नु पर्छ खोज ।।
जमिन सट्टा दिने भनी बाँध बनाएर ।
पानी जति उतै लग्यो यता सुकाएर ।।
— ८–

वर्षौं वर्ष बितिसके दिने सुर छैन ।
ढाँट्ने छल्ने छिमेकीको भर केही छैन ।।
अन्यायको बाँधलाई पर्छ भत्काउनु ।
सहनुको सीमा हुन्छ कति पो सहनु ।।
—९—

आयौं हामी शुक्लाफाँटा आरक्षण डुल्दै ।
कहाँ कहाँ उताबाट मिचेको छ हेर्दै ।।
दक्षिणको सीमानामा ठाउँ ठाउँ हेर ।
मिच्नसम्म मिचेको छ हिसाब आफै गर ।।
—१०—-

उन्तीस वर्ग किलोमीटर जमिन मिचेको छ ।
छिमेकीको अत्याचार यहाँ चुलिएछ ।।
कति दिन बाँची राखौं शिर झुकाएर ।
बाँच्नुभन्दा मर्नु निको शिर ठड्याएर ।।
—११—

शुक्लाफाँटा छोडी अब पूर्व जाऊँ हेर्दै ।
सीमास्तम्भ हराएका ठाउँ गन्दै गन्दै ।।
दर्जनभन्दा बढी सीमा-स्तम्भ हराएछन् ।
उताबाट मिच्नलाई बाटो बनाएछन ।।
—-१२—

परासन खुड्डाकंकड अब तिमी हेर ।
मिचेकै छ यहाँ पनि लाज पचाएर ।।
भन्ने गर्छ आफूलाई असल छिमेकी ।
ब्वाँसो जस्तो व्यवहार दुष्ट अविवेकी ।।
—-१३—

(कवि जनप्रिय बहुमुखी कलेजका पूर्व क्याम्पस प्रमुख हुन।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *