Skip to content

हराएका सपना

  • by


हराएका सपना मेरा शहरभित्र खोजी बस्छु
तिमीलाई आफ्नो बनाउन रहरभित्र खोजी बस्छु

हामी दुईको सम्बन्धमा तल-माथि नहोस भनी
गजलका शेरहरूको बहरभित्र खोजी बस्छु

सपनीमा तिमीलाई दोख्न नपाउँदा हर राति
कठाग्रिदो बिहानीको प्रहरभित्र खोजी बस्छु

फूल दिन लाग्दा तिमीलाई काँडाहरूले घोचे भने
दुखाई भुली हाँसी-हाँसी चहरभित्र खोजी बस्छु

भुलबश अमृत ठानी विष तिमीले पियौ भने
मृत्युसँग नडराई जहरभित्र खोजी बस्छु

स्काई नवीन

Leave a Reply

Your email address will not be published. Required fields are marked *