Skip to content

सम योगी सम भोगी

  • by


सम-योगी सम-भोगी मान्न हुन्न पीर गोर्खे
सवलता प्राप्त हुन्छ उन्न हुन्न झीर गोर्खे

फुलौँ फलौँ जीवनमा प्रगतिको पथ बढ्छ
मुटु दिएँ ग्रहण गर हान्न हुन्न तीर गोर्खे

बासना छ मगमगी यौवनको बाग बीचे
वागपुष्पं प्रेम चुम्दा उच्च हुन्छ शिर गोर्खे

रूप छोडौं गुण हेरौं सफलता मिल्छ मिल्छ
गुणयुक्त मोहनीमा लुक्न सक्छन् वीर गोर्खे

सौन्दर्यता भरीपूर्ण भएकी छन् नानी तिनी
अङ्गीकार गरिहेर प्राप्त हुन्छ नीर गोर्खे

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *