Skip to content

म निर्जीव रहिन कहिल्यै

  • by


म निर्जीव रहिन कहिल्यै पथ्थर बनायौ तिमीले
पवित्र आत्मामा म बस्दा मन्दिरमा सजायौ तिमीले

यो ब्ययमा नखोज्नु अर्जुन अब्ययमा देख्नेछौ मलाई
मन्दिर, मस्जिद, चर्चमा स्वार्थपन देखायौ तिमीले

यो प्रकृतिको सृष्टि नियाल, लिएर आउँछु म लान्छु
चेतनाले मलाई नखोजी सूगा झैँ करायौ तिमीले

ढुंङ्गा पूज्ने, ढुंङ्गामा अर्जुन, म पूज्ने मसँग मिल्नेछन्
म भन्ने यो आत्मा भुलाई मन अन्तै बसायौ तिमीले

मानव जीवन परिक्षा हो, यो समय निर्धारीत छ
सत्यता नचिनी पूजेर आफैलाई रुवायौ तिमीले

Leave a Reply

Your email address will not be published. Required fields are marked *