आफैलाई गीत बनाई कहिले काही गाउँछु म त
तिम्रै नामको फोटो बनाइ सम्झनामा आउँछु म त
कस्तो बाचा गर्नु मैले कस्को माया कसी लाउनु
आकाश धर्ती सुबास छर्ने चोखो माया लाउँछु म त
धनसँगै तन हेरी प्रित जोड्ने संस्कारहरू बिच
स्वच्छ निश्चल मन हेरी चौतारीमा धाउँछु म त
आफैलाई गीत बनाई कहिले काही गाउँछु म त
तिम्रै नामको फोटो बनाई सम्झनामा आउँछु म त
– Surjit Jabegu Limbu “पोखरी माईला”
Limbuwan, Nepal.
हाल- मरुभुिमको देश,
