Skip to content

गल्ती छ कि तिम्रो पनि

  • by


गल्ती छ कि तिम्रो पनि, जमानालाई दोष नदेऊ
जाती माया घाती हुन्छ, भावनालाई चोट नदेऊ ।।

वारिपारि तिम्रै छायाँ, सपनी र विपनीमा
साँचो माया दिंदा खेरि, मायालुलाई खोट नदेऊ ।।

भविष्यको गति हेर, प्यारो रति पिरतिमा
जून तारा झुक्लान् फेरि, जवानीलाई नोट नदेऊ ।।

शहरिया नौलो चलन्, डेटिङ् सेटिङ् डिभोर्स् भन्छन्
ख्याल राख्नु बैंश जोवन्, भमरालाई ओंठ नदेऊ ।

धड्कन् तिम्रो मुटु मेरो, जीवनको प्रित हाम्रो
हजारौंमा तिम्लाई पाएँ, जुनकिरीलाई रोष नदेऊ ।।

रुप अनुरागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *