Skip to content

बन्द दिल खुलाऊ त

  • by


बन्द दिल खुलाऊ त पिरती हुन्छ
मनका कुरा सुनाऊ त पिरती हुन्छ

घृणै-घृणाले भरिएको यो दुनियाँ
न्यानो हृदय बढाऊ त पिरती हुन्छ

ओठमा मुस्कान राखी मुस्कुराउँदै
नजर तिम्रो झुकाऊ त पिरती हुन्छ

एकोहोरो त हुँदैन, दोहोरै हुनु पर्छ
गर्दै गर आऊ-जाऊ त पिरती हुन्छ

उदास देखिन्छौ किन सञ्जय तिमी
गजल लेखी सुनाऊ त पिरती हुन्छ

सञ्जय जुग्जाली
बिम-२, म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *