Skip to content

लौ भन्नुस ! ठुलो भिखारी को त ?

NishaKhanalAryal


हर दिन हर महिना एकै नाशले बाबा बैधनाथको दरवारमा दर्शन गर्न जाने मानिसहरूको घुइरो त हुन्छ नै । चाहे त्यो सुतेर दण्ड नतमस्त हुदै जाने हुन् वा हिड्न नसकेर दुई जनाले डोली बनाएर काधमा बोकेर लाने हुन् । बाटामा देखिने बसका भीड अनि धनीहरूका कार र जिप, त्यस्तै लस्कर भएर हिडिरहेका दौडिरहेका मानिसहरूको भीडले हजारौ किलोमीटर हिडेर जाने ब्यक्तिहरूको अनुहारमा देखिएको उत्सुकताले अति नै मन प्रफुल्ल र आन्नदको अनुभूति हुने गर्दछ ।

त्यस्तो भीडमा सबैको मुखबाट निस्कने उही बाबाको नाम – “बोलबम बोलबम” । त्यै पनि साउनको बेला त घुइचोको के बर्णन गरु म ! प्राय नेपाल र भारत लगायत बिभिन्न देशहरूबाट आएका पर्यटकहरूको पनि रंगिन भीड त्यति नै देखिने गर्दछ । गरिब होश वा धनी सबैको प्राय एकै खालका कपडा हुने गर्दछन राता, र पहेला, उही कामुर एकै ठाउबाट बोकिने गङ्गा जल, अनि दर्शनियामा गएर बिसाउने बास । सबैले दर्शनियामा पुगेर बाबाको सुनको पहेलो धप धप परेको गजुर देखेपछि बास बिसाउने र दुई हात जोडेर श्रद्धाले कामना गर्ने गर्दछन, भलै महँगा र सस्ता कामुर हुन् वा कपडा । तर जाने त उही आचल थाप्न हुन्, सबै ।

सुल्तानगंजदेखि कमुर्मा गंगाजल भरेर बाबाको चरणमा आफूले गरेको भाकल पुरा भएपछि हर्षले आभार प्रकट गर्न जानेको भीड होस वा आफ्नो इच्छा भएको मनोकामना माग्न जानेको भीड होस । सबैले नाङ्गा खुट्टा र निधार वा टाउकोमा “बोलबम” लेखेका कपडा अनि राता र पहेला भएर झिलमिल कमुर्मा दुवैपट्टि गङ्गा जल बोकी अति नै उत्साह हुदै अरुलाई पनि जाऊँ जाऊँ लाग्ने गरी आकर्षित पाराले दर्शकहरू लस्कर भएर एक्कै स्वरमा “बोलबम बोलबम” भन्दै दौडिरहेको देख्दा आहा जसरी कमिलाको तातीलाई हेर्दा जति शोभायमान र आन्नद देखिन्छ ठिक त्यस्तै यी दर्शन गर्न जाने दर्शकहरू पनि दौडिरहेको देख्छु ।

विभिन्न किसिमका दुख, शुख, रोग, शोक, कष्ट, भावहरू बोकेर आ-आफ्नो मोनोकमाना बोकेर दर्शन गर्न बाबा बैधनाथ को चरणमा जानेसँग ठुला, धनी गरिब, करोडपति सबै केही क्षण उस्तै देखिन्छ । धेरै धेरै टाढाबाट आउने भक्तजनहरू आफ्नो मनोकामना पुरा होश भनेर घन्टौसम्म एकबद्ध भएर आफ्नो झोली फैलाएर “बोलबम बोलबम” भन्दै हातमा जल बोकी बाबाको चरणमा जल चढाउँन आतुर भएर उभिएका हुन्छन । धेरै थरीका भक्तजनहरूको भीड हुन्छ त्यहाँ । कोही आफ्नो मनोकामना पुरा भएर भाकल खुशीले चढाउँन जाने हुन्छ त कोही बिजनेस व्यापार फैलियोस्, प्रगति गर्न सकुँ भन्ने हुन्छ । कोही सन्तानको लागि आचल फैलाउने हुन्छन त कोही देश बिदेशमा फसिएका रुपैया पैसा पाइयोस । कोही रोग हटेर जाओस भन्ने हुन्छन त कोही सबैभन्दा ठुलो अफिसर हुँ धन सम्पति कमाएर नाम कमाउ । कोही आफू बिदेश गएर सम्पति आर्जन गर्न सकु, आफ्नो दुखबाट प्रगति गर्न सकु भनेर पनि जाने हुन्छन !

यस्तै हजारौ, लाखौ भक्तजनहरू आफ्नो मनोकामनाको लागि मन्दिरको द्धारमा जसरी भीड लगाएर बसेका हुन्छन, त्यस्तै कतियौ मन्दिरको गेटदेखि नै मागेर खाने को भीड लस्कर भएर पर्खेर बस्ने भिखारीहरू पनि लहरै बसेका देखिन्छन !

एक दिनको कुरा हो साउनको सोमबार पहेलो बस्त्र नाङ्गो खुट्टा र उही सबैले लिने हातमा गङ्गा जल लिएर एक जना अति नै धनी सेठ दुई चार जना अगाडि पछाडि लिएर बाबाको दर्शन गर्न आफ्नो मनोकामनाको लागि त्यहाँ आउछ । उसलाई देख्नासाथ त्यहाँका मान्ने मन्दिरका पण्डितहरू पनि “बाहिर आएर ऊ मालिक आउनु भयो बाटो छोड” भन्दै लिन आउने गरेको देखिन्छ । मन्दिरको लागि केही गरी दिने होश वा पण्डितहरूको लागि पैसाले झोली भरिदिने होश आफू सेठ भएको र सबैले मान्ने अभिमानले उसले “मालिक केही दिनुस, हजुरको मन ठुलो छ: भनेर दुवै हात जोडिरहेको एउटा अपांग माग्नेलाई, जो एक छाक रोटीको आशामा बसेको भिखारीहरूलाई त्यहाँ बाटोबाट हटाउनेरिसाउदै आदेश दिन्छ – “के हो यस्तो मन्दिरको वरिपरि जता त्यतै भिखारीहरू ? ल यहाँबाट सबैलाई निकाल ।”

सेठ नजिकै भिखारीहरू भएको ठाउमा गएर ठुलो स्वरले बोल्छ – “ए भिखारी ! तिमीहरू यहाँ के गर्दैछौ ? किन भक्तजनहरू दर्शन गर्न आउने मन्दिरको चारैतिर खुट्टाले हिड्दा पनि कुल्चिने गरेर ठाउ ओगटेर भीड लगाएर बसेको हा ? यस्ता हट्टाकट्टा हुनेले त कुनै ठाउ, शहरतिर गएर काम गरेर पो खानु पर्छ त । के को लागि सधै यहाँ भीड लगाएर सकेका हुन् हँ ?”

“हात थप्नाले, भिख मग्नाले, उनीहरू भिखारी कहलिए । बसेर मागेर मात्र खान किन यिनीहरूलाई यति आन्नद आएको हो ? हामी जस्ता धनी सेठ नहुने हो भने यिनीहरू तथा यिनका बच्चा बच्ची भोक भोकै मर्छन, हो कि हैन भिखारी ?” सेठले शिरलाई ठाडो पार्दै सबैको सामु अभिमानले बोल्यो !

यस्तो अभिमान, अहमता पूर्ण सेठ बाबाको दर्शन गर्न आउदा उनीहरूलाई कसिंगर झैँ बढारेर फलुला झैँ गरेको देख्दा र शेष नागले झैँ डस्ने स्वास बोलेको सुन्दा, सेठको अहमताको अन्धो आँखालाई प्रकाश पूंज बनाउन, एउटा खुट्टभरि कोढ़ भएको तर शरीरको पुष्ट देखिने भिखारीले सुमधुर स्वरमा मुसुक्क हासेर सम्मान गर्दै भन्यो – “सेठजी ! यो बाबाको द्धारमा आउने जति सबै मानिसहरू भिखारी त हुन् नि । हामी त अति नै साना भिखारी मालिक, केवल बाबा बैधनाथसँग दिनभरि प्रार्थना गरेर मात्र एक समयको खानाको लागि कामना गरेर भिक्षा माग्दछौ । तर हजुरहरू जस्तो सेठ धनी भिखारीहरूको त कहिलै जति नै भए पनि पेट नै भर्दैन, मन नै पूर्ण हुदैन त ? त्यसैले त हरेक पल्ट जीवनमा आफ्नो परिवार राम्रो शुखमय होश, सधै सबैभन्दा बढी धन आर्जन गर्न सकु सबैले आफूलाई मानून भन्दै लाखौबाट नपुगेर करौडौ को इच्छा राखेर कामना गर्न आउनुहुन्छ ! लौ भन्नुस हैन भने के को लागि यहाँ ? लौ भन्नुस हजुर आफै को चाहि ठुलो भिखारी हो? हजुर कि म ?”

भिखारीले यस्तो तिखो कडा बचन हास्दै मिठो स्वरमा नम्र पाराले बाण हानेको देखेर एकछिन रिसले चुर्ण भएको सेठको अनुहार भरि पसिनाको खोलो भाह्यो । निधारभरि खल खल आएको पसिनालाई काइलो औलाले पुछ्दै उसलाई मनभित्रदेखि आत्माग्लानि भएर आयो, अनि वास्तविक सच्चाईलाई उसले स्वाकर गर्यो ।

“यो भिखारीले अहम भएको मेरो अन्धो आँखा खोलि दियो,” ऊ झस्कियो ।

सेठ नम्र हुदै भन्यो – “ओहो आज सधै मागी खाने भिखारी भनेर हेला गर्नेले मेरो आँखामा नयाँ ज्योति दिने काम गर्यो । आजको अन्धोधन र अहमताले भरिएको यो अभिमानलाई सही दिशा देखाई दिने यी दुखी, असहाय मागेर आफ्नो परिबार, बच्चाको जीविका कष्टमय बिताउदै आएका, हर खुशीहरूमा बाबाको चरणमा अर्पर्ण गर्ने र जो पायो जति पायो त्यसैमा बाडी चुडी खाएर आफ्नो हातलाई शिरानी बनाई, त्यहीको रुखको शितल हावासँग भुईलाई, धर्तीलाई बिछौना सम्झेर एकले अर्कालाई हातले लपेटी मिठो निद्रामा बाबालाई भोलिको कामना गरेर सुत्नेको खुशी ठुलो रैछ । उनीहरू हामीभन्दा धनी र सन्तुष्ट रैछन ।”

सेठको मन भरिएर आयो । उसलाई सबै ती भिखारीले भनेको कुरा सत्य लाग्यो । अनि उसले भन्यो – “यिनीहरू भिखारी हैन रैछन । यिनीहरूको पेट भर्ने आवश्यकता मात्र रैछ बाच्नको लागि । तर म ?”

सही दिशाबोध गराई दिएको हुनाले त्यहाँ भएका भिखारीहरूलाई सेठले आफूसँग भएको धन दौलत सबैलाई खुशी भएर बाँडिदियो र उनीहरूप्रति कृतज्ञ हुदै बाबा बैधनाथको चरणमा प्रणाम गरी आफ्नो परिवार लिएर अहम्तालाई छाडी सकुशल रह्यो !

निशा खनाल अर्याल,

हाल इजरायल, जुन

1 thought on “लौ भन्नुस ! ठुलो भिखारी को त ?”

  1. thanks!!
    Nisha Khanal Jee hajur Ko yo lekh ati nai saandarvik laagyo malai!! Hami sabai maanish kahi na kahi kehi na kehi rup le bhikhari nai chhau!! Yo Tito satya nai ho!!! Thanks so much for heart touching story!! God bless you and wish u all the best!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *