Skip to content


जस्तो तिहार देख्नुथ्यो त्यो देख्न पाइन
सप्तरंगी खुशी निधारमा लेख्न पाइन

एउटा दिदी अरबमा अर्की मलेशिया
खप्नै पर्ने सबै दु:ख मुटु छियाछिया

दुई जिउकी बहिनी पनि अफगानिस्तानमा
दाइको बिछोड आज पर्यो होला ज्यानमा

तिहारमा चेलि रित्तै, हे! नेपाल सरकार
थेग्दा थेग्दै नसकेर छोड्नु पर्यो घरवार

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *