Skip to content

मात दिने बैशको


मात दिने बैशको यो रम गज्जब छ
चिसो चिसो सिरेटो मौसम गज्जब छ

यति मिठो मात छ उही मिठो रात छ
सन्नाटामा पाउजुको छम्छम गज्जब छ

मन्द मुस्कान दिलायौ पीडा सब भुलायौ
तिम्रो त्यो मुस्कानको मलम गज्जब छ

बन्धन तोडी आयौ घरबार छोडी आयौ
तिम्रो आँट, साहश र कदम गज्जब छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *