Skip to content

गीत गायौ गाइने दाजु –
झुम्मिरैछन् बैराहरु सुन्ने कान खोई –

बन्दूकका कान छैनन् न छन् ढुकढुकी नै
क्व्ौ मान्छेले सुने भने सुन्छन् मुटु बिनै

तिमी रोयौ गीत बन्यो सारङ्गीको साथमा
आँसुसँगै बग्दै गयौ सन्चो छैन गाथ्ामा

यो दुनियाँ त्रि्रा गीत सुनेझैं चैं गर्छ
ओठ मुख लेप्ा्राएर उल्टै आँखा तर्छ

सुन्ने कान-मुटु छैनन् उसको दोषै के छ र –
एकैबाजी सारङ्गीलाई उल्टाएर हेर

गीत गायौ गायने दाजु – आफै रोई-रोई
झुम्मिरैछन् बैराहरु सुन्ने कान खोई

Leave a Reply

Your email address will not be published. Required fields are marked *