Skip to content

त्यति सरल कहाँ रैछ


त्यति सरल कहाँ रैछ, जिन्दगीको यात्रा हजुर
सम्हालिनै गाह्रो यहाँ, भयो अनेक जात्रा हजुर

जिन्दगीको लक्ष्य भेट्न, म हतारिदै हिडें पनि
अवरोधका डाँडाहरू, भेटें कत्रा-कत्रा हजुर

खोला तर्छु नदी आउँछ, नदी तर्छु सागर आउँछ
मेरो बाटो छेक्ने पर्खाल, छन् पहाड जत्रा हजुर

चिन्न गाह्रो बुझ्न गाह्रो, कस्को यहाँ विश्वास गरौँ
पराईभन्दा आफ्नैबाट, भयो धेरै खत्रा हजुर

वसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *