Skip to content

देवचुली विकास मञ्चको स्रष्टा सम्मान कार्यक्रम एक झलक


देवचुली विकास मञ्च नवलपरासीले आज २०७२ साल भाद्र २८ गतेका दिन कावासोतीको ठाना अगाडिको खुला मञ्चमा तीज विशेष विविध साहित्यिक कार्यक्रममा महिला दिदी–बहिनीहरूलाई शुभकामना व्याक्त गर्दै नवलपरासीका साहित्य स्रष्टा एव म वयोबृद्धा सामाजिक व्यक्तित्त्व सम्मान कार्यक्रमको भव्यरूपमा आयोजना गरेर नवलपरासीका विविध संस्थाहरूलाई कार्यक्रममा सहभागी गराएर कार्यक्रम सफलताको साथमा सुसम्मपन्न गर्यो ।

स्रष्टासम्मान गर्नु पहिला, सञ्जय सोती, विनोद अनुज, सञ्जय भट्टराई, मनोज पन्त, लाीला राना मास्की, प्रभाकर पण्डित, लोकनाथ खरेल, सदानन्द अभागी, कृष्णादेवी शर्मा श्रेष्ठ, डा. धनपति कोइराला, दीपक सोतीहरूले कविताहरू बाचन गरेका थिए । कविता पाठ समाप्त हुने बित्तिकै यी सबै साहित्यकारको साथै साहित्यकार गोविन्दराज, विनोदी र पुष्प अधिकारी अञ्जलिसमेतलाई अभिनन्दन गरिएको थियो ।

उक्त कार्यक्रममा गायिका अमृता लामीछाने र रिनु लामाले तीजगित गाउनुको भएको थियो ।

संस्थाका सचिव तिर्थराज डुम्रेले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रमलाई राजेश सोनामले सञ्चालन गरेको यो कार्यक्रमको प्रमूख आतिथ्य, साहित्यकार तथा नारी नेत्रृ सरसोती तिमल्सिनाले गर्नुभएको र अर्जुन कार्की क्षेत्रीको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो । सम्मान कार्यक्रममा मयाको चिन्नो, दोसल्ला, प्रमाण पत्र प्रदान गरिएको थियो ।

यस कार्यक्रमको मुख्य प्रायोजक लसएन्जलस,इन्टर नेशनल एकेडमी गैडाकोट–२, सहप्रायोजक थकाली किचेन एण्ड लजको साथै यस क्षेत्रका विविध संस्थाहरूको उपस्थिति र सहयोग रहेको पाइयो ।

साहित्यतिर सबैले पुर्याएको यो योगदानलाई उच्चमूल्याङ्कनमा लिइएको र प्रशंसा गरिएको थियो ।

यो संस्थाले तीज गीत र समाज क्षेत्रमा योगदान गरेका व्यक्तिलाई गरेको सम्मान तथा कार्यक्रमको विवरण यसमा समावेश गरेको छैन ।

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *