Skip to content

नमस्कार है नेताज्यू


नमस्कार है नेताज्यू गाउँमा फर्की आउनुभो?
परारदेखि बिर्सिएको ठाउँमा फर्की आउनुभो?

महङ्गी त खुब बढ्याथ्यो काठमाण्डौंमा पसेपछि
केलाई हो यति सस्तो भाउमा फर्की आउनुभो?

चिन्दिन म भन्नुभाथ्यो रिठे,काले, मसिनीलाई
भोट माग्न आज तिन्कै पाउमा फर्की आउनुभो?

पाँचतारेमा पस्दा हिजो रोम्स, जेम्स हुनुभाथ्यो
चुनाव लड्न उही पुरानो नाउँमा फर्की आउनुभो?

सिधासादा जनतालाई ठग्नुसम्म ठगेकै हो
फेरि उल्लु बनाउने दाउमा फर्की आउनुभो?

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

1 thought on “नमस्कार है नेताज्यू”

  1. सारै मिठो रचना पस्कनु भो ।।
    सारै मिठो रचना पस्कनु भो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *